Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लुछाचुँडीलाई रोक्न र राजनीतिक सिण्डीकेट तन्त्रविरुद्ध सबै एक हुन आवश्यक छ : नेता खरेल - Brighter Khabar

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बारा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका रमेश खरेलले राजनीतिक सिण्डीकेट तन्त्रविरुद्ध सबै एक हुनुको विकल्प नरहेको बताएका छन्  । 
शनिवार रास्वपा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खरेलले  यस्तो बताएका हुन् ।

उनले पत्रकार सम्मेलनमा बोल्दै  भागबण्डा र लुछाचुँडीको अन्त्य गर्न आफूहरू एक ठाउँमा उभिएको दाबी गरेका छन् । 

देशमा सुशासन नभएसम्म देशले विकासमा उल्लेखनीय प्रगति हासिल नगर्ने बताउँदै उनले  देशको समृद्धिका लागि अब जाग्नुपर्ने बेला आएको समेत बताएका छन् । 

नेता खरेलले आफूहरूमा अलमलिने छुट नरहेको जिकिर गर्दै सरकारको भागबण्डा र लुछाचुँडीलाई रोक्न नसके कसैको पनि भविष्य सुनिश्चित नरहेको बताएका छन् । 

Top Post Ad

post bottom ads

Ads Bottom