Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने व्यक्ति पक्राउ- Brighter Khabar


काठमाडौं - सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ परेका छन् ।

साइबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गरेको उजुरीका आधारमा प्रहरीले झापा गाउँपालिका–६ स्थायी घर भएका २० वर्षीय कादिर मोमिन पक्राउ गरेको हो ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार  पक्राउ परेका कादिरले पीडित महिलाको फेसबुक पेजको वाल–टाइमलाईमा अन्य महिलाको शरीरको तस्बिरमा जोडी बनाएको तस्बिरहरूको साथमा चरित्रहत्या गरेको प्रहरीले जनाएको छ ।  

अश्लील शब्द लेखि तस्बिर र भिडियोहरू पोष्ट गरी चरित्रहत्या गर्ने कार्यमा संलग्न रहेको पाइएको ब्यूरोले जनाएको छ । 

पीडित महिलाको टिकटक एकाउन्टमा राखिएका सामाग्रीहरूमा समेत अश्लील क्याप्सन राखी पोष्ट गरी दुःख दिई चरित्रहत्या हुने कार्य गरेको प्रहरीले जनाएको छ  ।

प्रहरीका अनुसार पीडित महिलाले चरित्रहत्या हुने कार्य गरेर दुःख दिइरहेकाले आवश्यक कारबाही गरी पाउ भनी ब्यूरोमा निवेदन दिएकी थिइन् । 

पक्राउ परेका मोमिनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई चैत २६ गतेको आदेशअनुसार चार दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom