Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

टिठ लाग्दो अर्जुनचौपारीको शैक्षिक अवस्था , पालिकाले लिएको आधारभूत तहको परिक्षामा १४ प्रतिशत मात्र योग्य- Brighter khabar


स्याङ्जा- अर्जुनचौपारी गाउँपालिका स्याङ्जाले पालिकाद्वारा लिइएको कक्षा ३ , ५ र ८ को २०७९ सालको लिखित परीक्षाको विवरण सार्वजनिक गरेको छ  । 
पालिकाद्वारा सार्वजनिक भएको  २०७९ सालको अन्तिम परीक्षाको विवरण अनुसार  समग्र पालिकाको  नतिजा सन्तोषजनक देखिएको छैन ।

गाउँपालिकाले सार्वजनिक गरेको  विवरण अनुसार आन्तरिक मूल्याङ्कन बाहेक  कक्षा ३ को परीक्षामा २६ वटा विद्यालयका १६३ जना विद्यार्थीमध्ये ३७ जना मात्र उत्तीर्णका लागि योग्य देखिएका छन् भने बाँकी १२५ जनाले  ४० अङ्क भन्दा कम अङ्क प्राप्त गरेको  खबर छ ।  

जस मध्ये  जनविकास आ वि , रानिचारी आ वि , आदर्श आवी , लाकुरी आ वि, नवदुर्गा आ वि , बुद्ध आ वि , कालिका आ वि, दिव्य ज्योति आ वि , सर्वोदय मा वि  र भवानी  आ वि का कक्षा ३ का विद्यार्थीले न्यूनतम ४० अङ्क बन्द कम ल्याएको तथ्याङ्क सार्वजनिक भएको  छ । यसरी समग्रमा कक्षा ३ को उत्तीर्ण योग्य प्रतिशत २२.६९ रहेको छ ।

त्यस्तै कक्षा ५ तर्फ १४६ जना  विद्यार्थी सहभागी हुँदा पालिका भरिबाट जम्मा २१ जना विद्यार्थी मात्र उत्तीर्ण योग्य देखिएका छन्  । 

जसमा ४० भन्दा कम अङ्क ल्याउने  विद्यार्थीहरूको सङ्ख्या १२२ रहेको छ  । यसरी समग्र कक्षा ५ बाट जम्मा १४.३८ प्रतिशत विद्यार्थीहरू मात्र उत्तीर्ण योग्य देखिएका छन् । कक्षा ५ को अन्तिम परीक्षा दिएका दिव्य ज्योति आ वि,  नजना मा वि , लक्ष्मी आ वि , बयाले आ वि, सरस्वती आ वि , रानिचारी आ वि , आदर्श आ वि र  देवीस्थान आ वि गरेर ८ वटा विद्यालयका कुनै पनि विद्यार्थीले ४० अङ्क कटाउन नसकेका विवरण छ । 

त्यसै गरी कक्षा ८ बाट अन्तिम परीक्षामा सहभागी भएका १७७ जना विद्यार्थी मध्ये २४ जना विद्यार्थीहरू मात्र परीक्षा उत्तीर्ण योग्य रहेको विवरण छ  । यसरी हेर्दा आधारभूत तहको अन्तिम परीक्षामा पास हुन योग्य विद्यार्थी १३.५५ प्रतिशत मात्र रहेको छ ।       

यता गाउँपालिका अध्यक्ष प्रकाश तिवारी पालिकाको शैक्षिक अवस्था द्रुत रूपमा खस्कँदो रहेकाले ढिला नगरीकन शैक्षिक अवस्था सुधारका निमित्त सबै पक्षहरूले पहल गर्नुपर्ने बताउनुहुन्छ  ।  ''विद्यालयको आन्तरिक मूल्याङ्कन बाहेकको पुरानो मूल्याङ्कन पद्धति अनुसारको मूल्याङ्कन गर्दा विद्यार्थीहरूको वास्तविक अवस्था कस्तो रहेछ भनेर पालिकाको शैक्षिक अवस्थाको वास्तविकता  देखाउन  खोजेका हौँ  ।'' पालिका प्रमुख तिवारीले भन्नुभयो  ।  

त्यस्तै पास र फेल भनेर विवरण सार्वजनिक भए पनि तिवारीले आफूहरूले सार्वजनिक गरेको विवरण नै अन्तिम नतिजा भने नरहेका बताउनुभएको छ । '' हामीले हालै प्रकाशित गरेको विवरण  अनौपचारिक रूपमै भएतापनि वास्तविक चाहिँ त्यही हो तर अन्तिम नतिजा भने आन्तरिक विद्यार्थी मुल्याकन सहित गरेर प्रकाशित हुनेछ'' तिवारीले भन्नुभयो   ।

पालिकाद्वारा अनौपचारिक रूपमा सार्वजनिक भएको नतिजाको विवरण यस्तो छ : 




Top Post Ad

post bottom ads

Ads Bottom