Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गएराती भएको छुट्टाछुट्टै दुर्घटनामा १२ जनाको ज्यान गयो - Brighter Khabar


चैत्र २९ , 

गएराती भएको छुट्टाछुट्टै दुर्घटनामा १२ जनाले ज्यान गुमाएका छन् । 

विपी राजमर्गको कमलामाई नगरपालिका ३ सिन्धुलीगढीको गेट नजिकै काठमाण्डौतर्फ जाँदै गरेको भारतीय नम्बरको गाडी मंगलबार राति सडकबाट करिब पाँच सय मिटर तल खस्दा ६ जानको ज्यान गएको हो भने  बैतडीको पाटन नगरपालिका-८ को झौलेक मोडमा जिप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको घटनास्थलमै ज्यान गएको खबर प्राप्त भएको छ । 

विपी राजमर्गमा  राती करिब साढे १२ बजेको समयमा गाडी दुर्घटना भएको खबर पाएसँगै जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सिलवालकै नेतृत्वमा उद्धारमा प्रहरी खटिएको थियो । तर कार सडकबाट भिरमा खसेकाले उद्धारमा कठिनाई भएको र शब निकाल्ने कार्य जारी रहेको छ । मृतकको पहिचान हुन सकेको छैन ।

यता झुलाघाटबाट बझाङको बाग्थलातर्फ जादै गरेको से १ ज ७६४ नम्बरको जिप मंगलबार राति ११ बजे र्दुघटनामा परेको हो ।

मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेको प्रहरीले जनाएको छ । 

उक्त जिपमा सवार अन्य ५ जनाले हाम फालेर ज्यान जोगाएका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom