कुनै समय एक धेरै धनी र जिज्ञासु राजा थिए । एक दिन राजाले बाटोको बीचमा एउटा ठूलो चट्टान राखिदिन्छन र उनले बाटोबाट विशाल चट्टान हटाउन कसैले खोज्छ कि खोज्दैन भनेर लुकेर हेर्छन ।
त्यहाँबाट जाने पहिलो मानिसहरू राजाका धनी व्यापारीहरू र दरबारीहरू थिए। यसलाई सार्नको सट्टा, तिनीहरू केवल यसको वरिपरिबाट हिंड्छन्। कतिपयले सडक मर्मत नगरेकोमा राजालाई दोष समेत लगाउँछन् । ती मध्ये कसैले पनि ढुङ्गा सार्न खोज्दैनन् ।
अन्त्यमा एकजना किसान आउँछन् । उनको हात तरकारीले भरिएको थियो। जब उनि ढुङ्गाको छेउमा पुग्छन , अरूहरू जस्तै यताउता हिंड्नुको सट्टा, किसानले आफ्नो भार कम गर्छन र ढुङ्गालाई सडकको छेउमा सार्न खोज्छन । धेरै मिहिनेत गरे तर अन्ततः ढुंगा बाटोबाट छेउमा सार्न सफल हुन्छन् ।
ढुङ्गा राखेको बाटोमा पर्स परेको भन्दै किसानले आफ्नो भार उठाए र आफ्नो बाटो जान तयार भए । किसानले पर्स खोले । पर्समा सुनको सिक्का र राजाको नोटले भरिएको थियो। राजाको नोटमा पर्सको सुन सडकबाट ढुङ्गा सार्नको लागि पुरस्कार थियो भनिएको थियो।
राजाले किसानलाई हामी मध्ये धेरैले कहिल्यै नबुझेको कुरा देखाए: हरेक अवरोधले हाम्रो अवस्था सुधार्ने अवसर प्रदान गर्दछ।