Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

टुकी बालेर सुत्केरी गराउनु पर्ने बाध्यता - Brighter Khabar


हुम्ला- जिल्लाको दुर्गमका स्वास्थ्य चौकीमा रहेका प्रसूति गृह विद्युत् सुविधा नहुँदा टुकी बालेर सुत्केरी गराउनु पर्ने बाध्यता रहेको छ । 

विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम बिद्युत् वितरण केन्द्रको चर्को लोड सेडिङकाकारण स्वास्थ्यकर्मीहरूलाई मोबाइल र अन्य टर्च लाइट बालेर सुत्केरी गराउनु परेको हो ।  

सिमकोट गाउँपालिका– १ र २ को ठेहे गाउँको स्वास्थ्य चौकीका इन्चार्ज दानबहादुर बोहराले मोबाइल र टर्च बालेर प्रसूति गृहमा सुत्केरी गराउनु पर्ने बाध्यता रहेको बताउनुभयो । 

उहाँले हिल्दुम बिद्युत् वितरण केन्द्रबाट आपुर्ती हुने बिद्युत् नियमित नहुने, भए पनि लामो समय लोड सेडिङ हुने भएकाले गर्भवती महिलालाई सुत्केरी गराउन समस्या हुने गरेको बताउनुभयो । 

सोमबार राती आठ बजे प्रसूति गृहमा आउनु भएकी ठेहेकी २० वर्षीया नन्द भण्डारीलाई तीन घण्टा लामो समय टर्च बालेर सुत्केरी गराउनु परेको थियो । बिद्युत् आपूर्ति नहुनु र स्वास्थ्य चौकीमा रहेको सोलरले काम नगरेपछि स्वास्थ्यकर्मी र बिरामीलाई समस्या खेप्नु पर्ने बाध्यता रहेको छ । 

बच्चालाई अन्धकारमा हेरचाह गर्नु अनि आमालाई पनि चिसो पानीले सफा गर्नु पर्ने बाध्यता छ । 

हिल्दुुम बिद्युत् वितरण केन्द्रले हाल दैनिक १७÷१८ घण्टा लोड सेडिङ गर्ने गरेको कारण सुत्केरी तथा बिरामीको उपचार गर्न कठिन हुने गरेको छ । गोरखापत्रमा हुम्लाबाट राजन रावतले समाचार लेखेका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom