Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

फेरी पनि भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य - Brighter Khabar


चैत १९,   भारतबाट डिजेल र पेट्रोलको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले इन्धनको मूल्य घटाएर आयल निगमलाई शुक्रबार नयाँ मूल्य सूची पठाएको हो ।

निगमका कार्यकारी निर्देशक इन्जिनियर उमेशप्रसाद थानीका अनुसार आईओसीले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको हो ।

शनिबार पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपियाँ ७४ पैसा र डिजेलमा छ रुपियाँ ८२ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

आईओसीले १५/१५ दिनमा नयाँ मूल्य पठाउने गर्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएकाले नयाँ मूल्य घटेर आएको हो । निगमले इन्धनको मूल्य मूल्य घटाउने तयारी गरेको जनाइएको छ । हाल बजारमा पेट्रोलको खुला बिक्री मूल्य प्रतिलिटर १७८ रुपियाँ र डिजेलको १७५ रुपियाँ कायम छ ।

Top Post Ad

post bottom ads

Ads Bottom