पोखरा , वैशाख ७ गते । बैशाख शुक्ल पूर्णिमा अर्थात बैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार यो ग्रहण नेपालबाट नदेखिने भएका कारण यसको नेपालमा कुनै दोष पर्दैन ।
यसबाट कुनै रासीका व्यक्तिलाई अशुभ वा शुभको फल प्राप्त नहुने उहाँले बताउनुभयो ।
यस दिन दोष नपर्ने भएका कारण बार्नु पनि नपर्ने अधिकारीको भनाइ छ । आगामी कार्तिक ११ गते पूर्णिमाका दिन लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिने उहाँको भनाइ छ ।
बैशाख ७ गते लाग्ने ग्रहण चीन, मङ्गोलियालगायत देशबाट मात्र देखिने अधिकारीको भनाइ छ ।