काठमाडौं - पेटमा समस्या भनेर अस्पताल भर्ना हुनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई छातिमा समस्या देखिएको छ ।
राष्ट्रपति पौडेललाइ छातीमा समस्या देखिएपछी एन्टिबायोटिक औषधि चलाइएको टिचिङ अस्पतालले जनाएको छ । शनिबार साँझ राष्ट्रपति पौडेलको पेटमा समस्या भएपछि काठमाडौं स्थित शिक्षण अस्पताल भर्ना गरिएको थियो ।
चेक जाँचको क्रममा उनको छातिमा समस्या देखिएपछि औषधि चलाइएको अस्पताल स्रोतले जनाएको छ ।
राष्ट्रपति पौडेलको थप स्वास्थ परीक्षणको रिपोर्ट अनुसार अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ ।