Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चितवन -२ को मतगणना १ बजेबाट सुरु हुने- Brighter Khabar


चितवन, वैशाख ११ गते । चितवन -२ को मतगणना दिउँसो १ बजेबाट हुने भएको छ । 

आज बिहान बसेको सर्वदलीय बैठकमा आचारसंहिता पालना नगरेकाको अभिलेख निर्वाचन आयोग केन्द्रीय कार्यालयमा पठाउने र आवश्यक सतर्कता अपनाएर अगाडि बढ्ने सहमति भएपछि दिउँसो १ बजेबाट मतगणना हुने भएको हो ।  

सहायक निर्वाचन अधिकृत इश्वर आचार्यका अनुसार सर्वदलीय बैठकले काँग्रेसले दायर गरेको उजुरी सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको हो ।

लामिछानेले मतदान केन्द्रहरुमा हुलहुज्जत गर्दै नाराबाजी गरेको र मतदानकै दिन पनि फेसबुकवाट मत मागेको काँग्रेसको आरोप थियो । 

उक्त विषयका सम्बन्धमा निर्वाचन कार्यालयले उम्मेदवार लामिछानेलाई स्पष्टीकरण सोधेको थियो । 

बैठकले सामाजिक सञ्जालमा गालिगलौज गर्नेका उपर कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा लेखि पठाउने र मतगणना स्थल मुख्य निर्वाचन अधिकृतको अधिनमा रहने पनि बैठकले निर्णय गरेको छ । 

आइतबार सम्पन्न चितवन – २ को उपनिर्वाचनमा ६३ प्रतिशत मत अर्थात ७८ हजार २७७ खसेको छ । 


Top Post Ad

post bottom ads

Ads Bottom