Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मालपोत कार्यालयका चार जना कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर - Brighter khabar


मालपोत कार्यालय पर्साका तत्कालीन चार जना कर्मचारीविरुद्ध राजस्व हिनामिनाको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको  छ ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साको प्रमुख रहेका प्रकाशप्रसाद पोखरेल, गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरी विरुद्ध मुद्दा दायर गरिएको हो ।

पोखरेलविरुद्ध त्रियानब्बे लाख छैसठ्ठी हजार २ सय ९, विश्वकर्माविरुद्द १ लाख ४१ हजार ८ सय २५, लेखापाल चौधरी विरुद्ध ९५ लाख ८ हजार ३४ रुपया र गुप्ताविरुद्ध ९५ लाख ८ हजार रुपैंयाँ ३४ रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नायब सुब्बा मदनप्रसाद गुप्ता विरुद्ध अरु ६ वटा मुद्दा विशेष अदालतमा विचाराधीन छन् । 

उनीहरुविरुद्द जग्गाको लिखत रजिस्ट्रेसन पारितका क्रममा ग्राहकले तिर्ने राजस्वको रकम र विस्तृत विवरण हिनामिना गरेको आरोप लगाई मुद्दा दायर  गरिएको अख्तियारले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom