Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आमा जेलमा र बुबाको जेलमै मृत्यु भएपछि ६ वर्षीय बालक बिचल्लीमा - Brighter Khabar


म्याग्दीको बेनीनगरपालिका–९, घतानका छ वर्षीय बालक निमेश खड्का आमा कर्तव्य ज्यान मुद्दामा जेलमा र उनका बुबाको जेलमै मृत्यु भएपछि बिचल्लीमा परेका छन् ।
अवोध बालकको दयनीय अवस्था देख्न नसकेर बेनीका होटल व्यवसायी कृष्णप्रसाद बरुवालले खड्कालाई अस्थायी आश्रयमा लिनुभएको खबर छ ।

जिल्ला अदालत म्याग्दीले निमेशका बुबा उत्तम र आमा मनिषा सुवेदी खड्कालाई आफन्तको मनशायपूर्वक हत्याको कसुरमा दोषी ठहर गरे पछि निमेशकी आमा मनिषा जेल जीवन बिताइरहनु भएको छ भने बुबा उत्तमको जेलमा नै मृत्यु भएको छ ।

आमाबाबुले गरेको गल्तीको सजाय निमेशले पनि केहीसमय जेलभित्रै बसेर बिताएका थिए । बेनीस्थित शिखर होटलका सञ्चालक बरुवालले अस्थायी संरक्षण गरेका निमेशले बेलाबेलामा आमासँग बोल्न खोजेपछि कारागार प्रशासनलाई जानकारी गराउने गर्नुभएको छ ।

खाने, खेल्ने र रमाउने उमेरमा निमेश बेसाहराजस्तै भएपछी उनलाई वरुवालले बेनी कै समता विद्यालयमा पढ्न पठाउनुहुन्छ । 

जेलभित्रै रहेकी निमेशकी आमा मनिषाले आफ्नो छोरालाई शिक्षादीक्षाको लागि सहयोग गरिदिन सहयोगको अपिल गरेकी छिन् ।

Top Post Ad

post bottom ads

Ads Bottom