Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बालेन साहविरुद्धको मुद्दा सर्वोच्च अदालतको ‘हेर्न नभ्याइने’ सूचीमा- Brighter Khabar


काठमाडौं, वैशाख ५ गते । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्धको मुद्दा मङ्गलबार सर्वोच्च अदालतले  ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । 

सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा उक्त मुद्दाको सुनुवाइका लागि पेशी तोकिएको थियो ।

महानगरले सिंहदरबार, राष्ट्रपति कार्यालय, मन्त्रीहरूको क्वार्टर लगायतका ठाउँमा फोहोर नउठाएको भन्दै सोमबार सर्वोच्चमा रिट परेको थियो ।उक्त मुद्दा आज ‘हेर्न नभ्याइने’ सूचीमा परेको सर्वोच्चले जनाएको छ ।

अधिवक्ता पदम श्रेष्ठले दायर गर्नुभएको उक्त रिटमा काठमाडौं महानगरले कानुन विपरीत फोहोर सङ्कलन नगरेको उल्लेख छ । 

साथै तत्काल फोहोर सङ्कलन गरी ल्याण्डफिल्ड साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नु पर्ने लगायतका माग गरीएको बताइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom