Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मौसमी रुघाखोकी लाग्दा जथाभाबी रूपमा यान्टिबायोटिक प्रयोग नगर्न आग्रह- Brighter Khabar


 मौसमी रुघाखोकी लाग्दा जथाभाबी रूपमा यान्टिबायोटिक प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले सूचना निकाल्दै मौसमी रुघा खोकीमा जथाभाबी रूपमा यान्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको हो। 

मौसमी फ्लुबाट बच्न फ्लु लागेका व्यक्तिबाट टाढै बस्न, आफू बिरामी पर्दा अरूलाई सुरक्षित राख्न घरमै बस्न मन्त्रालयको आग्रह छ। 

त्यस्तै,  घरमा कसैलाई फ्लु लागे वा रुघाखोकी लागे सबैले मास्क लगाउन, खोक्दा हाच्छिउँ गर्दा नाक, मुख छोपौँ, बेलाबेलामा साबुनपानीले हात धुन, हातले आँखा, नाक वा मुख नछुन आग्रह छ। 

त्यस्तै, तातो पानी पिउने, बाफ लिने जस्ता घरेलु उपचार विधि अपनाऔँ, प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खान मन्त्रालयको सुझाव छ। गाह्रो भएमा स्वास्थ्यकर्मीसँग परामर्श र सम्भव भएसम्म फ्लु विरुद्धको खोप लगाउन मन्त्रालयको सुझाव छ। 

२४ घण्टामा ७०१ जना कोरोना १९ को सङ्क्रमण परीक्षण गर्दा ३८ जनामा कोरोना पुष्टि भएको छ। सोही समय  १४ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन्।  सोही  समयमा  १८ हजार ५९२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। यो सँगै नेपालमा  सक्रिय सङ्क्रमितको सङ्ख्या १९४ पुगेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom