Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

फरार प्रतिवादी पाँच राउण्ड गो'ली भरिएका स्वचालित अत्याधुनिक पे'स्तोल सहित पक्राउ- Brighter Khabar


ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका एक फरार प्रतिवादी पक्राउ परेका छन् । 

सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिका वडा नं. ७ निवासी ३० वर्षीय  कुमार भन्ने जयकुमार राईलाई इलाका प्रहरी कार्यालय राम्पुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले गोली भरिएका दुई थान हतियारसहित उदयपुरको वेलका नगरपालिका वडा नं. ३, टप्पु क्षेत्रबाट पक्राउ गरेको हो । 

प्रहरीका  अनुसार निज फरार प्रतिवादी वेलका नगरपालिका ३ स्थित टप्पु क्षेत्रमा लुकीछिपी बस्दै आएका थिए  ।

सो क्रममा निज फरार प्रतिवादी राईको साथबाट पाँच राउण्ड गोली भरिएका म्यागेजिनसहितको स्वचालित अत्याधुनिक पेस्तोल र भरुवा बन्दुक गरी दुई थान हतियार बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय राम्पुरमा राखी थप अनुसन्धान भइरहेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom