Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नयाँ बर्षमा एकैपटक ४ वटा चलचित्र प्रदर्शन हुँदै - Brighter Khabar

 

काठमाडौं- नयाँ वर्ष सँगै आगामी वैशाख १ मा चार चलचित्र प्रदर्शनमा आउने भएका छन्  । 

वैशाख १ गते ‘नाई नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ एकसाथ प्रदर्शन हुने घोषणा गरेर प्रचारप्रसार गरिरहेका छन् ।

’ नाई नभन्नु ल’को छैटौँ शृङ्खलालाई विकासराज आचार्यले निर्देशन गर्नुभएको हो । यसमा आँचल शर्मा, आर्शिवाद क्षेत्री, केकी अधिकारीलगायतले अभिनय गर्नुभएको छ । “प्रेमकथा कै निरन्तरता पाउनु हनेछ । दर्शककै मायाले छैटौँ शृङ्खलासम्म आइपुगेका छौँ । यसपटक द्वन्द्व पनि छ । समग्रमा मनोरञ्जनको प्याकेज तयार गरेका छौँ”, निर्देशक आचार्यले भन्नुभयो ।

सोही मितिमा अभिनेता दयाहाङ राई अभिनित दुई चलचित्र बिहे पास र जारी एकसाथ प्रदर्शन हुँदैछ । लिम्बुसमुदायको प्रेमकथालाई विषयवस्तु बनाइएको ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा रहेको निर्माण पक्षले जानकारी दिएको छ । कवि उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्रमा अभिनेता राईसँगै मिरुना मगर, विजय बराल, कमलमणी नेपाल, रेखा लिम्बुलगायतले अभिनय गर्नुभएको छ ।

सोही मितिमा प्रदर्शन हुने भनिएको अभिनेता राई अभिनित ‘बिहे पास’मा प्रकृति श्रेष्ठ, वृद्धि तामाङ, शिशिर वाङ्देललगायतले अभिनय गर्नुभएको छ । प्रवेश पौडेलको निर्देशक रहेको चलचित्रमा बिहे गर्नको लागि सरकारी जागिर हुनुपर्छ भन्ने मान्यताको कथावस्तु रहेको छ । “निर्माण, प्रदर्शन स्वाभाविक प्रक्रिया हो । यसलाई त्यहिरूपमा हेर्नुपर्छ । हेरौँ आउने नतिजाले आगामी दिनलाई निर्णय गर्न सहज हुन्छ कि ?”, अभिनेता राईले भन्नुभयो ।

यस्तै, वैशाख १ मै प्रदर्शनमा आउने चलचित्र हो ‘बुलाकी’ । कर्णालीको ग्रामीण जीवन, रितिथिति, जारी प्रथा तथा परिवार र सम्बन्धलाई देखाईएको चलचित्रलाई विराज विष्टले निर्माण गर्नुभएको हो । सुरक्षा पन्त, नरेन खड्कासँगै स्वयम् निर्माता विष्टले अभिनय गर्नुभएको छ । नयाँ वर्षलाई लक्षित गर्दै चार चलचित्र प्रदर्शन हुनु सुखद् नरहेको वितरक करण श्रेष्ठले बताउनुभयो।

Top Post Ad

post bottom ads

Ads Bottom