Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

निगमको जग्गा भ्रष्टाचार मुद्दामा सरकारी पक्षका साक्षीलाई पक्राउ पुर्जी जारी गर्न आदेश- Brighter Khabar


विशेष अदालतले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासमेतको मुद्दामा एकजना सरकारी पक्षका साक्षीलाई पक्राउ पुर्जी जारी गर्न आदेश गरेको छ। 

मुद्दा अभियोजन पक्षका साक्षीमध्येका निमा टासी शेर्पालाई इजलासले पक्राउ पुर्जी जारी गर्ने आदेश गरेको हो।

अदालतले पटकपटक आदेश गर्दा पनि साक्षी रहेका शेर्पा उपस्थित नभएपछि पक्रन आदेश भएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले बताए। 

‘गोपालबहादुर खड्काको मुद्दाको प्रक्रियामा सरकारी पक्षका साक्षीलाई पटकपटक बकपत्रका लागि आदेश भएको थियो। पटकपटक अभियोजन पक्षकै साक्षी नआएपछि अदालत पक्राउ आदेश गर्न बाध्य भएको हो,’उनले भने। न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले सरकारी पक्षका साक्षीलाई पक्राउ पुर्जी जारी गर्ने आदेश गरेको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७५ पुस २३ मा विशेष अदालतमा पूर्वकार्यकारी निर्देशक खड्कासहित चारजनाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो। 

मुद्दा दर्ता भएको चार वर्षसम्म अदालतले साक्षी बकपत्र पनि सकेको छैन। खड्कालाई विशेष अदालतले २०७५ माघ २८ मा २ करोड ५० लाख धरौटी बुझाएर तारेखमा बस्न आदेश दिएको खबर नागरिक दैनिकमा छ।

Top Post Ad

post bottom ads

Ads Bottom