Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सेती खोँचमा खसेर एक बालिकाको ज्यान गयो - Brighter Khabar

उद्धारमा खटिएको प्रहरी टोलि 
पोखरा , ०३ चैत्र । खेल्ने क्रममा  सेती खोँचमा खसेकी बालिकाको ज्यान गएको छ ।
हिजो शनिवार दिउसो पोखरा स्थित सिताराम हाउजिङ नजिकै खेल्ने क्रममा पोखरा ८ नागढुंगा बस्ने १२ वर्षकी स्मृति पराजुली खोँचमा खसेकी थिइन्  ।

खोँचमा खसेको खबर प्राप्त गरेपछि घटना स्थल पुगेको  प्रहरी टोलीले बालिकालाई २ घण्टापछि खोँचबाट उद्धार गरी अस्पताल पठाएको भए पनि अस्पतालले बालिकालाई मृत घोषणा गरेको हो  ।

माघे सङ्क्रान्तिका दिन यति एअरको विमान दुर्घटना भएको नजिकैको चौरको खोँचमा खसेकी बालिकालाई प्रहरीले टाउकोमा चोट लागेको र अनुहार कपालले ढाकिएको अचेत अवस्थामा निकालेको थियो   ।  

Top Post Ad

post bottom ads

Ads Bottom