Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कास्कीबाट जन्म कैद सुनाएर एक दशकदेखि फरार रहेका व्यक्ति पक्राउ- Brighter Khabar

 

पक्राउ परेपछि प्रहरीले सार्वजनिक गरेको तस्विर 
पोखरा- कास्कीमा  कर्तव्य ज्यान मुद्दामा जन्म कैद सजाय तोकिई फरार रहेका एक जना  प्रतिवादी पक्राउ परेका छन्  । 

कर्तव्य ज्यान मुद्दामा जन्म कैद सजाय तोकिई फरार रहेका म्याग्दी स्थायी घर भई हाल कास्कीको माछापुच्छ्रे गाउँपालिका  वडा नं.२ भराभरी बस्ने  ३७ वर्षीय  जयन्द्र पाइजा पक्राउ परेका हुन् । 

२०७०साल पौष १३ गते कास्की साविक सार्दीखोला गा.वि.स. वडा नं.८ बस्ने भिम बहादुर मगरलाई धारिलो हतियार (चक्कु) प्रयोग गरी कर्तव्य गरी मारेको ज्यान सम्बन्धी कसुरमा संलग्न रहेका मुख्य प्रतिवादी पाइजा करिब १० बर्ष अगाडिदेखि फरार सूचीमा रहेका थिए ।

पाइजालाई कास्की जिल्ला अदालतको मिति २०७३।०२।१७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा जन्म कैद सजाय फैसला सुनाएको थियो  ।

गएको बुधवार  वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पाइजाला  पक्राउ गरी अदालतमा आवश्यक कारबाहीको लागि बुझाइएको  छ ।

Top Post Ad

post bottom ads

Ads Bottom