Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारत जाँदै - Brighter Khabar


काठमाडौं- अस्वस्थ रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारत जाँदै हुनुहन्छ । छातीमा समस्या देखिएपछि त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति पौडेलको थप उपचारका लागि भारत जान लाग्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरन पोख्रेलले जानकारी दिनुभयो ।

उहाँ श्री एयरलाईन्सको एम्बुलेन्सबाट भारत जान लाग्नुभएको हो । छातीमा समस्या भएपछि त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराईरहनुभएको थियो ।

राष्ट्रपति पौडेलको फोक्सोमा पानी जमेको देखिएपछि परीक्षणको लागि पानि निकालिएकोमा सामान्य इन्फेक्सन देखिएको थियो ।

छातीको समस्या पहिले देखिनै रहेको र भारतमा नै उपचार भईरहेको हुँदा थप उपचारका लागि भारत जान लाग्नुभएको प्रेस सल्लाहकार पोख्रेलले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom