Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बहुउपयोगी आधिकारिक दस्तावेज मानिएको राष्ट्रिय परिचयपत्रलाई मान्यता नदिँदा पूर्वमन्त्रीलाई नै सास्ती - Brighter Khabar



नेपालीको आधिकारिक पहिचान पत्रका रूपमा नागरिकता र राहदानीलाई मात्रै मान्यता दिँदै आएको बताउँदै बहु उपयोगी आधिकारिक दस्ताबेज बनाउने भनी लगत सङ्कलनको काम गरिरहेको राष्ट्रिय परिचयपत्रलाई  नेपाल वायुसेवा निगमको उडानबाट जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मान्यता नदिएको खबर छ । 

राष्ट्रिय परिचयपत्रलाई मान्यता नदिँदा  एक जना सांसद तथा पूर्व मन्त्री नै समस्यामा परेका छन् । 

राष्ट्रिय परिचयपत्र बोकेर भारतको बेङ्लुरु जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता तथा पूर्व मन्त्री डोलप्रसाद अर्यालको राष्ट्रिय परिचयपत्रलाई विमान सेवाका कर्मचारीले मान्यता नदिँदा समस्या भएको हो। 

सार्वजनिक सेवालाई सहज र नागरिकमैत्री बनाउन राष्ट्रिय परिचयपत्र अर्थात् विद्युतीय प्रणालीमा आधारित पृथक् नम्बर र चिप्स र फोटोसहितको बायोमेट्रिक स्मार्ट कार्ड प्रयोगमा ल्याए पनि ट्राभल डकुमेन्टमा नसमेट्दा कार्डलाई नै व्यक्तिको पहिचान एवं सेवा सुविधाका आधार कार्ड मान्ने नमान्ने भन्नेबारे प्रश्न उब्जाएको छ। 

अर्यालले नागरिकतामा भएका कमीकमजोरी हटाउन तथा मुलुकको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउने उद्देश्यले ल्याइएको कार्डलाई सर्वेसर्वा बनाइए पनि ट्राभल डकुमेन्टको मान्यता नदिइएकोमा आश्चर्य लागेको बताउनुभयो।

''विद्युतीय शासन प्रणाली अवलम्बनमा अग्रणी मानिने वैयक्तिक र जैविक विवरणसहितको स्मार्ट कार्डले नै व्यक्तिको पहिचान एवं सेवा सुविधाको आधार कार्डका रूपमा आधिकारिकता नपाउनु दुखद र लाजमर्दो कुरा हो ।'' अर्यालले भनेका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom