Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रवि लामिछानेविरुद्ध परेका तीन उजुरी खारेज - Brighter Khabar


चितवन । निर्वाचन कार्यालय चितवन क्षेत्र –२ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेविरुद्ध परेका तीन उजुरीमा दावी नपुग्ने भएपछि खारेज भएका छन्  । 

यो निर्णयसँगै चितवन क्षेत्र २ मा लामिछानेको उम्मेदवारी कायमै रहने छ ।

रविविरुद्ध दायर तीनवटा उजुरीको टुङ्गो लगाउँदै कार्यालयले उम्मेदवारी कायम रहने निर्णय गरेको हो । 

यसअघि लामिछानेले पनि नागरिकता प्राप्तिका विषयलाई लिएर उम्मेदवारी खारेजीको कुनै कारण नभएको बताउनुभएको थियो । 

चितवन क्षेत्र २ मा बैशाख १० गते उपचुनाव हुँदैछ । निर्वाचनका लागि दायर उम्मेदवारमध्ये लामिछानेविरुद्धमा चार वटा उजुरी परेका थिए । 

Top Post Ad

post bottom ads

Ads Bottom