Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बैङ्कबाट निकालिएको पैसा खाटमा बिछ्याएर भिडियो बनाएपछि - Brighter Khabar


अध्ययनका लागि विदेश जाने भनेर बैङ्कबाट निकालिएको पैसा रमाइलोका लागि खाटमा बिछ्याएर भिडियो बनाएर टिकटकमा हालेका  एक जनालाई प्रहरीले सचेत गराएको छ  ।

महोत्तरी जिल्ला बर्दिबास–१ स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने उनले कोठै भरि पैसा बिछ्याएर टिकटकमा भिडियो हालेपछि भाइरल भएको थियो ।

उक्त भिडियो सार्वजनिक भएपछि नेपाल राष्ट्र बैङ्कले त्यसप्रति आफ्नो ध्यानाकर्षणसमेत भएको र त्यसो नगर्न सुझाएको थियो ।

उनले कलेज फी बुझाउन एभरेष्ट बैङ्कबाट उक्त  पैसा निकालेको समेत बताएका छन् ।

प्रहरीले उनलाई अब आउने दिनहरूमा यस्ता गतिविधि नगर्ने सर्तमा सुझाएर छाडेको जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom