Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दरौंखोला सामीप्य समाज पोखराको भित्ते पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न - Brighter Khabar


पोखरा, २६ चैत्र  । दरौंखोला सामीप्य समाज, पोखराको भित्ते पात्रो  विमोचन एवम् शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।  

पोखरामा अध्ययन, पेसा र व्यवसायमा संलग्न भई स्थायी र अस्थायी रूपमा बस्दै आएका साविक दरौँखोलाका करिब २०० आजीवन सदस्यहरू रहेको समाजले शनिवार बाल प्रभात बोर्डिङ स्कुल न्युरोडमा कार्यक्रम  सम्पन्न गरेको हो।

संस्थाका अध्यक्ष बोधराज गौतमको अध्यक्षतामा सप्पन्न भएकी सो कार्यक्रममा संस्थाका उपाध्यक्ष गङ्गाराम पौड्यालले स्वागत मन्तव्य राख्नुभएको थियो । 

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि क्या. हीराबहादुर थापाले कार्यक्रममा बोल्दै समाजले हालसम्म गरेका कामहरूको प्रशंसा गर्दै नवनिर्वाचित समितिले गरेका  रचनात्मक, सिर्जनात्मक र सामाजिक तथा मानवीय उत्तरदायित्वका  कामको निरन्तरताले संस्थाको उचाइ बढेको बताउनुभयो । 

त्यस्तै अनुजा गौतमले नववर्षको कविता प्रस्तुत गर्दै संस्था अझै बलियो भएर अगाडि बढ्नुपर्ने बताउनुभएको थियो । 

त्यसैगरी संस्थाका सल्लाहकार होतवहादुर रोकाले साइबर अपराधका बारेमा सबै सचेत रहनु पर्ने भनाइ राख्दै सबैलाइ सचेत हुन आग्रह समेत गर्नुभएको थियो । 

संरक्षक दोबवहादुर कार्कीले संस्थाका गतिविधिहरु अझै प्रभाकारी हुनुपर्नेमा जोड दिनुभएको थियो भने  भित्ते पात्रो तथा विज्ञापन  उपसमिति संयोजक डोलराज अर्यालले संस्थाका सबै सहयोगीहरुलाई  धन्यवाद व्यक्त गर्दै रचनात्मक सुझावले संस्था अझै बलियो भएर जाने बताउनु भएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom