Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एलपी ग्यास बोकेको ट्याङ्कर पृथ्वी राजमार्गमा दुर्घटना हुँदा एकको ज्यान गयो, दुइ घाइते - Brighter Khabar


चितवन - पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवाटारमा एलपी ग्यास बोकेर गइरहेको भारतीय ट्याङ्कर पल्टिँदा एकजनाको मृत्यु भएको छ । आज बिहान ६ बजे ट्याङ्कर अनियन्त्रित भएर सडक छेउमा पल्टिंदा एक जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । 

मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको युपि ७० डिटी ६०५५ नम्बरको ट्याङ्कर पल्टिँदा नाम, थर र ठेगाना नखुलेका पुरुष व्यक्तिको घटनास्थलमानै मृत्यु भएको हो । 

ट्याङ्करमा सवार दुई जना घाइते हुनेमा भारतको वरौजी बस्ने २९ वर्षीय राम वतन ताती र अर्का एक जना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

तातीको स्थानीय ट्रमा सेन्टर कुरिनटारमा उपचार भइरहेको छ । अर्का एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom