बाणगङ्गा नगरपालिका वडा नः १ बठनपुरमा गहुँ थ्रेसिङ गर्ने क्रममा सोही पालिका वडा नम्बर ४ गजेहडाकी ५० वर्षीया पार्वती नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार दिउँसो करिब ३ बजे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
लु ४ त ३३७७ नम्बरको ट्र्याक्टर जडित थ्रेसरको पुल्लीमा हात परेपछि नेपालीको मृत्यु प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले बताउनुभयो ।
प्रहरीका अनुसार प्रहरीले ट्रयाक्टर चालक राजकुमार थारुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहको छ ।