Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बसले मोटरसाइकललाई ठक्कर दिँदा ३ को मृत्यु , बस चालक फरार - Brighter Khabar


बैशाख ६ गते । महोत्तरीको माइस्थान समसी सडकखण्डस्थित रामनगरको जङ्गलमा बुधवार अपराह्न भएको सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको ज्यान गएको छ । 

समसीबाट यात्रु बोकेर जनकपुरतर्फ जाँदैगरेको बा ३ ख २३९६ नम्बरको जय मातादी ट्राभल्सले विपरीत दिशातर्फ जाँदैगरेको मधेश प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकललाई जङ्गली क्षेत्रमा पर्ने रेल्वे पुलनजिकको मोडमा आज अपराह्न १ बजेतिर ठक्कर दिँदा सिरहा कल्याणपुर नगरपालिकाका २६ वर्षीय अमृत मण्डल, उहाँकी २४ वर्षीया श्रीमती अञ्जु मण्डल र ६ वर्षीया भतिजीको ज्यान गएको हो  । अमृत र अंशुको बर्दिबासस्थित शुभ स्वस्तिक अस्पताल तथा अञ्जुको ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

दुर्घटनाका कारण अझ खुल्न सकेको छैन । दुर्घटना गराउने बसलाई प्रहरीले इलाका प्रहरी गौशालाले नियन्त्रणमा लिएको छ । चालक फरार रहेको प्रहरीले जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom