Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा स्कुटरको डिक्कीबाट नगद चोरी गर्ने युवती पक्राउ - Brighter Khabar


पोखरा, १५ वैशाख ।  पोखरामा  स्कुटरको डिक्कीमा राखेको ८० हजार रुपैयाँ चोरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् ।

पोखरा महानगरपालिका वडा नं. ९ शान्ति वनकी २३ वर्षीय वर्षा कामीलाई सिसिटिभी फुटेजका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले वैशाख १३ गते दिउसो १२ः२३ बजेको समयमा  पोखरा ९ पृथ्वीचोकस्थित राष्ट्रिय वाणिज्य बैङ्क अगाडि रोकिराखिएको  एक व्यक्तिको स्कुटरको डिक्कीबाट ८० हजार रुपैयाँ चोरी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार  उनको साथबाट ८० हजार रुपैयाँ बरामद गरिएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom