Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गृहलाई बालेनको प्रश्न : ''कसरी कानुनीराज्यको अनुभुती दिलाउनु हुन्छ गृहमन्त्री ज्यु ?'' - Brighter Khabar


काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कानुनी राज्यको अनुभूति दिलाउन सक्नुहुन्छ भन्दै प्रश्न गरेका छन्। 

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले २०७६ साउन २० गते सर्वोच्च अदालतले बामगती, विष्णुमति, मनोहरा र यीनका सहायक नदीहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर नदीको स्वच्छता कायम गराउन  सार्वजनिक जग्गाको संरक्षण गर्ने आदेश दिएको स्मरण गराउँदै उनले गृहमन्त्रीलाई उक्त प्रश्न गरेका हुन्। 

कसैमाथि अन्याय गरिरहेको भए तत्काल कानुन परिवर्तन गर्नु पर्ने वा कानुन अनुसारको शासन व्यवस्था अंगाल्न गृहमन्त्रीलाई सुझाव दिएका छन्। 

उनले भनेका छन् ;

''स्मरणका लागि - २०७६ साउन २० गते सम्मानित सर्वोच्च अदालतबाट बागमती, बिष्णुमती, मनोहरा र यीनका सहायक नदिहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर नदिको स्वच्छता कायम गराउन तथा सार्वजनिक जग्गाको संरक्षण गर्न आदेश भएको थियो ।

आज फेरि उच्च अदालतले बागमती सभ्यताको विरुद्ध बस्ती नहटाउन परेको रिटमा अन्तरिम आदेश जारी नभएको अवस्था छ ।

यदि कुनै कानुनले कसैमाथि अन्याय गरिरहेको छ भने तत्काल कानुन परिवर्तन गर्न सार्वजनिक अपील गरेर प्रक्रिया सुरु गर्नुहोस्, या कानुन बमोजिमको शासन व्यवस्था अँगाल्नुहोस् ।

यो तर्फ कुनै पनि कदम नचाली वैधानिक रुपमा नै यति भई सक्दा पनि कुन कानुन र नैतिकताका आधारमा यस्ता अवैध संरचना संरक्षण गर्नु हुन्छ गृहमन्त्री ज्यु ? कसरी कानुनीराज्यको अनुभुती दिलाउनु हुन्छ गृहमन्त्री ज्यु ?''

Top Post Ad

post bottom ads

Ads Bottom