Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

संगम सहकारी झाडु र डस्टबिन बोकेर सरसफाइ अभियानमा - Brighter Khabar

सरसफाई अभियानमा जुट्दै संगमका कर्मचारी 

पोखरा, १९ चैत्र । पोखरा महानगरमा अवस्थित संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सरसफाइ अभियान सञ्चालन गरेको छ ।

आज चैत्र १८ गते  ६६ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा संगमले  सरसफाइ कार्यक्रम सञ्चालन गरेको हो ।

''सहकारी दिगोपना, स्वनियम र सुशासन'' भन्ने मूल नाराका साथ सम्पन्न  सरसफाइ अभियानमा सहकारीका कर्मचारी र शुभेच्छुक झाडु र डस्टबिन बोकेर सडकमा सरसफाइमा सहभागी भएका थिए  ।

पोखरा महानगरपालिका भित्र रहेर दुई ठाउँबाट आफ्नो सेवा सञ्चालन गरिरहेको संगमले पोखरा १५ र यसको आसपासको क्षेत्रमा  सडक र बस्ती वरिपरिको फोहोर सङ्कलन गरेर त्यसको व्यवस्थापन गरेको हो  । 

साकोसले आफ्नो घर वरिपरि सके सके सफा गरौँ नसके फोहोर नगरौँ भन्ने सन्देश समेत दिएको छ । 





Top Post Ad

post bottom ads

Ads Bottom