गएराती झापाबाट विनोद विकलाई पक्राउ गरिएको सो हत्या अनुसन्धानका लागि गठित छानबिन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरिक्षक एआईजी किरण बज्रचार्यले जानकारी दिनुभयो ।
घटना भएको धेरै दिनसम्म पनि आरोपीलाई प्रक्राउ गर्न नसकेपछी निराका आफन्तले घटना अनुसन्धानमा शंका उब्जिएको बताउँदै आइरहेका थिए ।
त्यस लगत्तै एआइजी किरण बज्राचार्यको संयोजकत्वमा उच्च स्तरको अनुसन्धान समिति गठन भएको थियो । यस सम्बन्धमा थप विवरण आजनै सार्वजनिक गरिने समेत प्रहरीले जनाएको छ ।
गत वैशाख ७ गते दिनदहाडै पसलमा नै बसिरहेका बेला छुरा प्रहार गरी पाण्डेको हत्या भएको थियो ।