Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

काठमाण्डौ महानगरपालिकालाई सुकुम्बासी बस्ती हटाउन बाटो खुल्यो - Brighter Khabar


काठमाण्डौ महानगरपालिकालाई सुकुम्बासी बस्ती हटाउन बाटो खुलेको छ ।

 उच्च अदालत पाटनले सुकुम्बासी बस्ती हटाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्विकार गरे संगै सुकुम्बासी बस्ती हटाउन बाटो खुलेको हो ।

न्यायाधीशद्धय राज्यलक्ष्मी बज्राचार्य र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले यसअघि जारी भएको अन्तरिम आदेशले निरन्तरता नपाउने भनी हिजो आदेश गरेको हो  ।

आदेशसँगै उनीहरुलाई हटाउँदा उचित विकल्प दिएर महानगरले बस्ति हटाउन सक्ने छ   ।

काठमाडौं महानगरपालिकाले ११ चैत २०७९ मा ७ दिनको सूचना दिई सुकुम्बासी बस्ती खाली गर्न सूचना निकालेको थियो । 

सूचनामा नदी किनार, नदी उकास र नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउनु भनी उल्लेख गरिएको थियो ।

उक्त सूचना विरुद्ध परेको रिट निवेदनमा उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले गत चैत्र २७ मा अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

Top Post Ad

post bottom ads

Ads Bottom