Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

फिल्मी शैलीमा जग्गा बैना भन्दै ३२ लाख लुट्ने गिरोह पक्राउ - Brighter Khabar


जग्गाको बाहानामा फिल्मी शैलीमा ३२ लाख रुपैयाँ ठगि गर्ने गिरोह पक्राउ परेको छ । 
चैत ३० गते झापाको  बिर्तामोड बसपार्क नजिकै रहेको दुई कट्ठा जग्गा किन्नका लागि मोरङको उर्लाबारीबाट आएकी विष्णुमाया सापकोटा सुवेदीको  ३२ लाख रुपियाँ ठगेर फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय अनिल विश्वकर्मालाई साक्षी राखेर उहाँले जग्गा उपलब्ध गराउँछु भन्ने चिनजानकै ब्याक्ति विजय राई सहितले ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा लागेको छ ।

कमल गाउँपालिका वडा नं. ५ बस्ने राईको विश्वासमा सापकोटाले ३२ लाख नगद दिनु भएको र  जग्गा बैना गर्ने सापकोटा सँगै  बोलाउने राई अगाडि नै चिनजान भएको प्रहरी  अनुसन्धानबाट खुलेको छ ।

बिना कागज ३२ लाख रुपियाँ लिएर राई सहितका ब्याक्ति फरार भएपछि पीडितले तत्कालै प्रहरीलाई खबर गरेकी थिइन् ।

 प्रहरीले खोजतलास सुरु गर्दा घटनामा संलग्न ४ जना मध्ये २ जना इलामबाट र २ जना झापाबाट पक्राउ परेको गरेको हो  । 

इलाम नगरपालिका वडा नं. ७ पुरानो बसपार्कको एक होटेलमा लुकेर बसेका श्रेष्ठ र रेग्मीको साथबाट १४ लाख ६५ हजारसहित प्रहरीले शुक्रवार पक्राउ गरेको हो ।

Top Post Ad

post bottom ads

Ads Bottom