Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

वैवाहिक बलात्कारको आरोपमा न्यायधिस पक्राउ - Brighter khabar


वैवाहिक बलात्कारको आरोपमा जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसरको टोलीले काठमाडौँको सामाखुसीस्थित पवित्रनगरबाट गिरीलाई पक्राउ गरेको हो।

गिरीलाई पीडित आरती रावल गिरीको कोठाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पीडितले गिरीविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै प्रहरीमा किटानीसहित उजुरी  दिएकी थिइन् ।

न्यायाधीश गिरीले विवाह गर्ने प्रलोभन देखाएर वर्षौंदेखि बलात्कार गर्दै आएको र कुटपिट गरी शारीरिक शोषण गर्दै आएको पीडितको आरोप छ। 

गिरीविरुद्ध थप कसुर फेला परे काठमाडौँबाट मुद्दा चलाउन सकिने र त्यसका लागि पीडितसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । 

पीडितको कोठामा फेला परेका गिरीले आफू न्यायाधीश रहेको भन्दै प्रहरीले पक्राउ गर्न नसक्ने बताएपनि पक्राउ पुर्जीसहित पुगेको प्रहरीले गिरीलाई नियन्त्रणमा लिएको हो ।

न्यायाधीश गिरीविरुद्ध वैवाहिक बलात्कारको उजुरी परेपछि जिल्ला अदालत कपिलवस्तुमा कार्यरत गिरीलाई न्याय परिषद्ले छानबिनमा  तानेको थियो।

Top Post Ad

post bottom ads

Ads Bottom