Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पदम लिम्बुलाई सहिद घोषणा गर्ने सरकारको निर्णय - Brighter Khabar


कोशी- सरकारले कोशी प्रदेश नामकरणको विरोध प्रदर्शनमा घाइते भएको एक पदम लिम्बुलाई सरकारले शहिद घोषणा गर्ने निर्णय गरेको छ । 

लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर समेत रहेका लिम्बुलाई मन्त्रिपरिषद्को बैठकले शहिद घोषणा गर्ने निर्णय गरेको हो ।

तेह्रथुम स्थायी घर भएका उनलाई सरकारले शहिद घोषणा गरेर परीवारलाई १० लाख प्रदान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

त्यस्तै  मन्त्रिपरिषद् बैठकले आगामी जेठ ९ गतेदेखि १२ गतेसम्म मंगोलियामा आयोजना हुने एशियाली उत्पादकत्व संगठनको बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (उद्योग)लाई स्वीकृत दिने निर्णय गरेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom