Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

राष्ट्रपति पौडेल पुनः अस्पताल भर्ना - Brighter Khabar


वैशाख ५ गते। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार अस्पताल भर्ना हुनुभएको छ।

महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी अस्पतालले दिएको छ।

अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाका अनुसार, राष्ट्रपतिलाई श्वासप्रश्वासमा समस्या देखिएपछि चिकित्सकको सुझाव अनुसार अस्पतालमा भर्ना गरिएको हो।

सुरुमा पेटमा र पछि छातीमा समस्या देखिएपछि उहाँ निरन्तर चिकित्सकको निगरानीमा हुनुहुन्छ। उहाँको फोक्सोको तल्लो भागको पानी झिकेर परीक्षणका लागि पठाइएको छ।  

यसअघि राष्ट्रपति पौडेल चैत १८ गते त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारार्थ भर्ना हुनुभएर चैत २२ गते डिस्चार्ज हुनुभएको थियो ।  

Top Post Ad

post bottom ads

Ads Bottom