Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जबरजस्ती करणी गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ- Brighter Khabar


 जबरजस्ती करणी गरेको आरोपमा एक ६० वर्षीय वृद्ध पक्राउ परेका छन् । 

ओखल्ढुङ्गा स्थित मानेभन्ज्याङ गाउँपालिका–२ का गोपाल कटुवाललाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

उहाँमाथि एक २४ वर्षिया युवतीलाई बलात्कार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक देबेन्द्र दासले जानकारी दिनुभयो । 

उक्त युवतीले प्रहरीमा दिएको  जाहेरीको आधारमा कटुवाललाई बिहीबार पक्राउ गरिएको हो । 

घटनाका विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom