Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

तनहुँमा मोटरसाइकलमा सवार दुई शिक्षक करेन्ट लागेर गम्भीर घाइते - Brighter Khabar


तनहुँ , ४ वैशाख  । हिजो दिउसो करिब साढे ४ बजे तिरको समयमा तनहुँ जिल्लाको घिरिङ गाउँपालिका वडा नम्बर  २ पार्वती आधारभूत विद्यालयमा कार्यरत शिक्षकहरू करेन्ट लागेर  घाइते भएका छन् । 

विद्यालय छुट्टी भई घर फर्कने क्रममा ग १३ प ७०९ न. को मोटरसाइकल सडक छेउमा लत्रिएको थ्री फेसको लाइनको तारमा छुन गई करेन्ट लाग्न जाँदा मोटरसाइकलमा सवार दुवै   शिक्षक करेन्ट लागेर गम्भीर घाइते भएका हुन् ।

लमजुङ मध्य नेपाल नगरपालिका–७ कपरपुटारका ५० वर्षीय तीर्थ घिमिरे ( सवारी चालक)  र  बझाङ तल्लो कोट गाउँपालिका वडा नं. २ बस्ने २७ वर्षीय जीवन रोकाया करेन्ट लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।  

घाइते भएका दुवै शिक्षकलाई उपचारको लागि पोखरा पठाइएको खबर प्राप्त भएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom