Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

प्रतिनिधि सभा बैठक सुरु, यस्तो छ आजको कार्यसूची ( प्रत्यक्ष प्रशारणको भिडियो सहित) - Brighter Khabar

काठमाडौं, ५ वैशाख ।  सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा मङ्गलबार दिउँसोबाट बैठक सुरु भएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्री नियुक्तिसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ  छ ।

त्यस्तै  सङ्घीय संसद्को महासचिव डा. भरतराज गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८–०७९’’ पेस गर्नुहुने कार्यसूची रहेको जानकारी दिनुभयो ।

त्यसैगरी  प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको छ ।


Top Post Ad

post bottom ads

Ads Bottom