Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सामाजिक सञ्जालमा गरिने विज्ञापनलाई करको दायरामा ल्याइने - Brighter Khabar

 

काठमाडौं, चैत २३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले सामाजिक सञ्जालमा गरिने विज्ञापनलाई करको दायरामा ल्याइने बताउनुभएको छ । 

सरकारको नीति तथा साझा कार्यक्रमलाई आज विशेष समारोहबीच सार्वजनिक गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । 

‘‘विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउनका लागि विज्ञापनदाताले सञ्चारगृहको बिल अनुसार भुक्तानी गर्ने व्यवस्था गरी विज्ञापन एजेन्सीले पाउने कमिशनलाई पारदर्शी बनाउने । सामाजिक सञ्जालमार्फत् गरिने विज्ञापनलाई करको दायरामा ल्याउने छ ।’’ सञ्चारमन्त्रीले  शर्माले भन्नुभयो ।

मानव विकासको मुख्य आधार श्रम भएकाले श्रमशक्तिलाई महत्व दिइने उहाँले चर्चा गर्नुभयो । विदेशबाट फर्केकालाई सम्भावित क्षेत्रमा कामको जिम्मेवारी दिन नीतिगत व्यवस्था गर्ने पनि उहाँले बताउनुभयो । 

मन्त्री शर्माले पुस्तौदेखि बसोबास गरेका स्ववासीहरुको समस्या समाधान गर्ने, भूमिहिनलाई आवासको व्यवस्था गर्न वैज्ञानिक भूमिसुधार कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो । 

सार्वजनिक गरिएको कार्यक्रममा भुकम्प, बाढीपहिरो, भूक्षयबाट हानी हुने धनजनको क्षति न्यूनीकरणमा सरकारले ध्यान दिने, ठेक्कापट्टा कार्यक्रमलाई पारदर्शी बनाउने, सार्वज्निक खर्चमा मितव्ययिता कायम गर्ने नीति लिइएको छ । 

निर्यात बढाउने नीति लिने, सबै प्रदेशको सन्तुलित विकासमा जोड दिने, गरिबको रेखामुनी रहेका परिवारलाई गरिब घरपरिवार परिचयपत्रको व्यवस्था गरी सहुलियत दिइने मन्त्री शर्माले बताउनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom