पक्राउ परेकाहरूलाई सार्वजनिक गरिएको तस्वीर |
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा काभ्रेपलान्चोकका ४१ वर्षीय रामबहादुर तामाङ, सर्लाहीका ३४ वर्षीय विनोदकुमार लामा, ४० वर्षीय डिकबहादुर मल्ल, ३५ वर्षीय रवीन्द्र मोक्तान, ३५ वर्षीय प्रकाशबहादुर गोले र ३९ वर्षीय रुद्रमान गोले रहेका छन् ।
विविध कारणले विदेशमै निधन भएकाहरूको बीमा बापतको रुपियाँमध्ये रकम आफू लिई केही रकम मात्र परिवारका सदस्यहरूलाई उपलब्ध गराएको आरोपमा प्रहरीले तिनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
बीमा रकममा ठगी गरेको उजुरीका आधारमा प्रहरीले काठमाडौंको गोङ्गबुबाट बिहीबार पक्राउ गरेको जनाएको छ । मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, बीमा कम्पनीको लेटरप्याडसहित उनीहरूलाई पक्राउ गरिएको खबर गोरखापत्रमा छ ।