Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बोलेरो दुर्घटना हुँदा चार जनाको ज्यान गयो, ११ यात्रु घाइते- Brighter Khabar

 

चैत २३ गते । बोलेरो दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । 

रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौली स्थित कौछिनीमा बोलेरो दुर्घटना हुँदा चार जनाको ज्यान गएको हो । 

सदरमुकाम मन्थलीबाट १५ जना यात्रु बोकेर मन्थली नगरपालिका वडा नं ७ बटौलीको कौछिनी जाँदै गरेको बा ११ च ५५३ नम्बको बोलेरो कौछिनी स्थित मगर टोलमा दुर्घटना हुँदा घटना स्थलमै चार जनाको ज्यान प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार दुर्घटनमा ११ जना घाइते भएका छन् । 

मृतको पहिचान भइसकेको छैन भने घाइतेलाई उपचारका लागि सदरमुकाम मन्थली ल्याइएको खबर प्राप्त भएको छ । 

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।

Top Post Ad

post bottom ads

Ads Bottom