Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एघार बुँदे घोषणापत्र जारी गर्दै सकियो तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन- Brighter Khabar


काठमाडौं- ११ बुँदे घोषणापत्र जारी गर्दै तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन समापन भएको छ ।

काठमाडौंमा आयोजित सम्मेलनले  सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानीलाई जोड दिनुपर्ने निष्कर्ष निकाल्दै समापन भएको हो ।  नवीन सोच र सिर्जनात्मकताका आधारमा सहकारीमार्फत कृषि पर्यटन, जलस्रोत, स्वास्थ्य, शिक्षा, उद्योगलगायतका क्षेत्रमा लगानी वृद्धि गर्ने प्रतिबद्धता महासम्मेलनले गरेको छ ।

वातावरणमैत्री कृषि, उत्पादनमा वृद्धि, आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन र रोजगारी सिर्जना गर्न सार्वजनिक निजी र सहकारी साझेदारी मोडेललाई अगाडि बढाइने घोषणापत्रमा उल्लेख छ ।

विशिष्टीकृत सहकारी सङ्घमार्फत बृहत् र विशिष्ट उत्पादनको विकास, कृषि र पशुजन्य क्षेत्रको प्रवद्र्धनमा जोड दिनुपर्ने साथै  ठूला कृषि फार्मको स्थापना, कृषिजन्य वस्तु तथा सेवाको मूल्य तथा आपूर्ति शृङ्खला विकास गरी सहकारीको ब्रान्ड प्रवद्र्धन गर्ने भनि  घोषणापत्रमा उल्लेख गरीएको छ ।

त्यसैगरी सहकारी सिद्धान्त, मूल्य, मान्यता र विधिको परिपालना गरी सहकारीको पहिचान स्थापित गर्न सहकारी संस्थाहरूमा स्वनियमन र सुशासन कायम गर्दै सदस्य केन्द्रित व्यवसायमा जोड दिइनु पर्ने निष्कर्ष निकालिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom