Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अर्जुनचौपारी पोखरा सम्पर्क समाज र अ.चौ.पोखरा साकोसको संयुक्त आयोजनामा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न - Brighter Khabar

 


पोखरा , २५ चैत्र ।  स्याङ्जा अर्जुनचौपारी  पोखरा सम्पर्क समाज र अर्जुनचौपारी पोखरा बचत तथा ऋण  सहकारी संस्थाको संयुक्त आयोजनामा नववर्ष २०८० सालको  शुभकामना आदान प्रदान एवम् भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । 

समाजकी अध्यक्ष जमुना चापागाईँ काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनचौपारी पोखरा बचत तथा ऋण  सहकारी संस्थाका शेयर सदस्यहरूलाई सहकारी शिक्षा सम्बन्धी  आधारभूत प्रशिक्षणसमेत गराइएको सहकारीका अध्यक्ष हेमनारायण चापागाईँले बताउनुभयो  । 

अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथिको रूपमा कास्की बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष भेषराज बराल र स्याङ्जाली सम्पर्क सदन पोखराका अध्यक्ष तारा गौतम साथै सहकारी  शिक्षा सम्बन्धी  आधारभूत प्रशिक्षणका सहजकर्ता लीला धर पौडेललगायतको उपस्थिति रहेको थियो   । 

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै सहकारीका अध्यक्ष हेम नारायण चापागाईँले सहकारीको वर्तमान झलक प्रस्तुत गर्नुभएको थियो ।  ''अर्जुनचौपारी पोखरा बचत ऋण तथा सहकारी संस्था  आर्थिक हिसाबले बलियो छ र कुनै पनि सङ्कट छैन साथै  कारोबारको हिसाबले सुरक्षित छ, त्यसैले शेयर सदस्य ज्यूहरूलाई ढुक्क भएर कारोबार गर्न अनुरोध गर्दछु । '' अध्यक्ष चापागाईँले भन्नु भयो । साथै उहाँले वित्तीय सुशासन र पारदर्शितामा आँफुले निरन्तर जोड रहिरहेको समेत बताउनुभयो । 

संस्थाका खगेन्द्रराज घिमिरेले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा समाजका सल्लाहकार खरीलाल पौडेलले उपस्थित सबैलाई शब्द मार्फत स्वागत गर्नुभएको थियो  । 

कार्यक्रममा बोल्दै कार्यक्रमका विशेष अतिथि एवं स्याङ्जाली पोखरा सम्पर्क समाजका अध्यक्ष तारा गौतमले सहकारीका क्रियाकलापहरूको प्रशंसा गर्नुभएको थियो । 

समाजका सचिव गोविन्द सापकोटाले सञ्चालन गरेको उक्त कार्यक्रमका विशेष अतिथि भेषराज बरालले वित्तीय सहकारीहरूले वित्तीय अनुशासन कायम गर्दै  दिगो सहकारीमा जोड दिनुपर्ने बताउँदै अर्जुनचौपारी पोखरा साकोसको प्रगतिको कामना व्यक्त गर्नुभएको थियो ।

त्यसै गरी कार्यक्रमका प्रमुख अतिथि एवं अर्जुनचौपारी गाउँपालिका प्रमुख प्रकाश तिवारीले संस्थालाई प्रगतिको शुभकामना व्यक्त गर्दै पालिकाका विद्यमान अवस्था र चुनौतीका बारेमा प्रकाश पर्नुभएको थियो । उहाँले समाजकी अध्यक्ष जमुना चापागाईँले पालिका प्रति देखाउनुभएको सदासयताको प्रशंसा गर्दै आउने दिनहरूमा अझै सहकार्यको खाँचो भएको समेत औँल्याउनु भएको थियो  । 

समापन कार्यक्रममा बोल्दै समाजकी अध्यक्ष चापागाईँले विकास र प्रगतिका काममा पालिका सँग सदैव हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

त्यस्तै कार्यक्रमको दोस्रो सत्रमा साकोसका शेयर सदस्यहरूलाई सहकारी सम्बन्धी प्रशिक्षण गर्ने कार्यक्रम समेत सम्पन्न भएको छ । प्रशिक्षक लीला धर पौडेलले प्रशिक्षण दिएको उक्त कार्यक्रममा १५० भन्दा बढी शेयर सदस्यहरूको सहभागिता रहेको थियो । संस्थाका टेकनाथ पौडेलले सहकारीका ७ सिद्धान्त वाचन गरेको उक्त कार्यक्रमको समापन साकोसका अध्यक्ष हेमनारायण चापागाईँले गर्नुभएको थियो ।


















Top Post Ad

post bottom ads

Ads Bottom