Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सगरमाथा हिमाल आरोहणको क्रममा हिम पहिरोमा परेर तीन जनाको ज्यान गयो - Brighter Khabar


काठमाडौं- सगरमाथा हिमाल आरोहणको क्रममा हिम पहिरोमा परेर तीन जनाको ज्यान गएको छ । 

खुम्बु आईसफल भत्किएर हिमालमा पहिरो जाँदा क्याम्प १ भन्दा तल हिउँमा पुरिएर खुम्बु पासाङल्हमु गाउँपालिका ५ का तीन जना शेर्पा आरोहीको ज्यान गएको  हो ।  

सगरमाथा प्रदुषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाका अनुसार सर्वोच्च शिखर सगरमाथाको ५ हजार ७ सय मिटरको उचाईमा भएको उक्त घटना भएको हो।

 घटनामा परि मृत्यु हुनेहरुमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् । 

ईमाजिन ट्रेक प्रा.लि.बाट सगरमाथा आरोहणको क्रममा गाईडको रुपमा हिँडेका शेर्पाहरुको बुधबार मृत्यु भएको हो ।विहान एक्कासी आएको पहिरोका कारण मृतकको शव खोचमा पुरिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom