Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आज ९८२ जनालाई विभिन्न विभूषण प्रदान - Brighter Khabar


काठमाडौं, वैशाख १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई विभूषण प्रदान गर्नुभएको छ । 

असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरब, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्राप्त गरेकालाई विभूषित गरिएको हो ।

आज  महाराजगञ्जस्थित राष्ट्रपति भवनमा आयोजित सुशोभन समारोहमा राष्ट्रपति पौडेलले ९८२ जनालाई विभूषण प्रदान गर्नुभएको हो ।

विभूषण सुशोभन समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो   ।

Top Post Ad

post bottom ads

Ads Bottom