Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अमेरिकाको टेक्ससमा अन्धाधुन्ध गोलि चल्दा ५ जनाको ज्यान गयो - Brighter Khabar

सांकेतिक तस्विर 

एजेन्सी,
अमेरिकाको टेक्ससमा एकजना मानिसले अर्ध स्वचालित बन्दुक प्रयोगको अभ्यास गर्ने विषयमा विवाद भएपछि आफ्नै पाँच जना छिमेकीको हत्या गरेको प्रहरीले जनाएको छ । मारिनेमा ८ वर्षीय बालक समेत रहेका छन् ।

घटना शुक्रबार राति क्लिभल्याण्डको सानो सहर स्यान ज्याकिन्टोमा भएको हो । मारिने सबै मध्य अमेरिकी राष्ट्र होन्डुरसका रहेका थिए । मारिनेमा दुई जना महिला समेत रहेका छन् । उनीहरुलाई बच्चाहरुलाई जोगाउने प्रयासमा गोली लागेको अनुमान गरिएको छ ।

पीडितहरुलाई मृत्युदण्डको शैलीमा घाँटी र टाउकोमा गोली हानेको पाइएको छ । घटनाका शंकास्पद अभियुक्त ३८ वर्षीय फ्रान्सिस्को ओरोपेज फरार छन् । उनी मेक्सिकन नागरिक भएको बताइएको छ ।

फरार अभियुक्त ओरोपेजलाई पाँच वटा मुद्दा लगाइएको छ । प्रहरीले शंकास्पद व्यक्तिको खोजीमा तालिम प्राप्त कुकुर र ड्रोन प्रयोग गरिरहेको छ । अपराधी नजिकैको जंगलमा लुकेको अनुमान गरिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom