बच्चाहरूको तौल र उचाइ उनीहरूको उमेर अनुसार छ भने बच्चा स्वस्थ र उनीहरुले पाउने आहार राम्रो छ भन्ने बुझ्न सकिन्छ । बच्चाहरु बढ्दै जाँदा उमेर र तौल बढ्नु सामान्य र जरुरी प्रक्रिया हो । उमेर अनुसार बालबालिकाको उचाइ र तौलको विकास भैरहेको छैन भने कतै केहि त कमी छ भन्ने बुझ्नुपर्ने हुन्छ । यसका लागि चिकित्सकको सल्लाह लिनुपर्छ ।
कुन उमेरको बच्चाको तौल कति हुनुपर्छ ?
के कारणले बच्चाको उमेर अनुसार तौल असन्तुलित हुनसक्छ ?
बच्चामा पौष्टिक आहारको कमी, क्यालरी नपुगेमा, राम्ररी खानेकुरा नखाइदिएमा, संक्रमण भएमा, पाचनप्रणालीमा समस्याले पनि बच्चाको उमेर अनुसार तौल असन्तुलित हुनसक्छ । त्यसबाहेक दीर्घरोग जस्तै मुटुमा प्वाल हुँदा पनि बच्चाको तौल नबढ्ने हुनसक्छ । उनीहरुमा पटक–पटक निमोनिया हुने मात्र नभई मुटुमा वाधा पर्ने गर्छ । पोषण चाहिने बेलामा अझ खान नसक्ने भएर तौल नबढ्ने हुनसक्छ ।
उमेर अनुसार तौल बढाउनका लागि बालबालिकाको डाइट चार्ट सबैभन्दा महत्त्वपूर्ण हुन्छ । राम्रो आहारविना बच्चाहरू बढ्न सक्दैनन् । बालबालिकाको तौल उनीहरुको खानामा भर पर्छ । बालबालिकालाई सुरुमा खानाको रुपमा मिनरल, प्रोटिन, भिटामिन, फाइबरयुक्त पौष्टिक तत्व खुवाइने हो भने शारीरिक विकाससँगै बालबालिकाको मानसिक विकास हुन्छ ।
७ प्रकारका खानेकुराको समूहमध्ये कम्तिमा ४ खानाको समेटिने गरी खानुपर्दछ।