काठमाडौँ महानगरपालिकाले रोजगारीको आवेदन खुलाएको छ ।
महानगरले सूचना जारी गर्दै ५१ जना कार्यालय सहयोगी माग गर्दै आवेदन खुलाएको हो ।
महानगरले अनलाइन सूचना प्रणाली मार्फत करार सेवामा ५१ जना कार्यालय सहयोगीहरू माग गरेको जनाएको छ ।
आवेदनका लागि दस्तुर ५०० रुपैयाँ र डबल दस्तुर १००० रुपैयाँ तोकिएको सूचनामा जनाएको छ ।
इच्छुक नेपाली नागरिकले अनलाइन बाटै आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
आवेदन दिने मिति वैशाख १९ गते सम्मलाई तोकिए पनि डबल दस्तुर तिरेर वैशाख २६ सम्म आवेदन दिन सकिने छ ।
महानगद्वारा जारी सूचनामा कक्षा १० सम्मको पढाइको मूल्याङ्कन गरिने बताइएको छ ।
हेर्नुहोस् सूचना यस्तो छ :