Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा एकै खोरका २१ वटा बाख्रा एकैपटक म'रेपछि - ब्राइटर खबर - Syangja Update

 


स्याङ्जा, २३ चैत । स्याङ्जामा एकै खोरका २१ वटा बाख्रा मरेको खबर प्राप्त भएको छ । 

सधैका जस्तै घाँस पानी खुवाएको तर पनि एक्कासि बाख्रा पाठाहरू भटाभट ढलेको पीडितले बताएका छन् ।

स्याङ्जाको पुतली बजार नगरपालिका वडा नम्बर  १३ जिमिरे स्थित शेष कान्त सुबेदीको २३ बाख्रा कुनै रोग विनै मरेका हुन्  ।

यता कृषक सुबेदी भने अन्य दिनका जस्तै खुवाउने घाँस नै खुवाएको बताउँछन् ।

कृषक सुवेदिले केही समय अगाडी देखि आँधिखोला  बाख्रा  फार्ममा उन्नत जातका बाख्रा पालन गर्दै आइरहेका थिए ।

बिषालु घाँस परेर बाख्रा एकै पटक मरेको अनुमान गरिए पनि  के कारणले मरे भन्ने वास्तविकता भने पत्ता लागि सकेको छैन  ।

Top Post Ad

post bottom ads

Ads Bottom